काठमाडौं । युनाईटेड इन्स्योरेन्सबाट कामु सिईओ रमेशकुमार भट्टराईलाई बिदा भएका छन् । करार नियुक्त भएका भट्टराईलाई व्यवस्थापनले सम्झौता नविकरण नगरेपछि विदाई भएका हुन् ।
चौधरी ग्रुप र एनई ग्रुपको लगानी रहेको युनाईटेड इन्स्योरेन्समा सिईओ नियुक्तीको लागि बीमा समितिमा फाईल पेश गरिएको भए पनि स्वीकृत भएको छैन । भट्टराईले साढे दुई वर्ष कामु सिईओको भूमिका निर्वाह गरेर कम्पनीबाट विदा भएका हुन् ।
२०७२ सालमा युनाईटेड इन्स्योरेन्सको सिईओ बनेका शेखर बरालले २०७५ साल जेठ ३१ गते राजिनामा दिएपछि डेपुटी सिईओ भट्टराईले नै कम्पनी चलाउँदै आएका थिए । उनको समयावधी सकिएर विदा लिएका हुन् । अप्ठेरोमा परेको कम्पनीलाई भट्टराईले सुधार गरेका थिए ।