free website hit counter

युनियन लाइफद्वरा १ करोड मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ श्रावण २, शनिबार

काठमाडौं । कोरोना संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिका परिवारले बीमा बापत १ करोड २ लाख दाबी भुक्तानी पाएका छन् । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना उजेन्सी म्यानेजर पिताम्बर महतोकी श्रीमती जमुनालाई बीमा बापतको १ करोड २ लाख ८० हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कोरोना संक्रमण पिताम्बर महतोले ज्यान गुमाउनु भएको हो । उक्त दाबी रकम इन्स्योरेन्स कम्पनीका उप कार्यकारी प्रमुख कपिल कुमार दाहालले असार २६ गते नै सो रकम भुक्तानी गरेको कम्पनीका बागमती प्रदेश उपप्रमुख राकेश महर्जनले बनाएका छन् । महतोको कोरोना संक्रमणका कारण २०७८ जेठ महिनामा उपचारकै क्रममा ज्यान गएको थियो । महतो यूनियन लाइफ इन्स्योरेन्सको नक्साल शाखामा आबद्ध भई विगत १ वर्षदेखि एजेन्सी म्यानेजरको जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए ।

सम्बन्धित समाचार