free website hit counter

युनियन लाइफले ल्यायो जीवन आधार बीमा योजना

beemaadmin
२०७७ फाल्गुन ७, शुक्रबार

काठमाडौं। समय र परिस्थितिअनुसार नयाँ नयाँ बीमा पोलिसी ल्याएर ग्राहकको मन जित्न सफल जीवन बीमा कम्पनी युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ‘जीवन आधार बीमा योजना’ ल्याउने भएको छ। यसअघि सञ्चालनमा रहेको ‘वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना’ लाई परिमार्जन गर्दै जीवन आधार बीमा योजना ल्याउन लागेको जनाएको छ ।

वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना फागुन १५ गतेदेखि लागु हुने गरि पुर्ण रुपमा बन्द गरिने कम्पनीले जनाएको छ। यस बीमा योजनामा अभिकर्ता कमिसन बाहेक कम्पनीबाट जारी हुने कुनै पनि प्रकारको इन्सेन्टिभ योजनामा समावेशन नगरिने कम्पनीले जनाएको छ ।

Advertisement
Advertisement

साथै कम्पनीले सञ्चालनमा ल्याउन लागेको नयाँ विशेषतायुक्त एवं परिस्कृत प्रकारको ‘जीवन आधार बीमा योजना’ बीमा समितिबाट स्वीकृत भइसकेको छ। यो योजना बिक्रीका लागि सम्पुर्ण प्रबन्ध मिलाइसकिएको कम्पनीले जनाएको छ। माघ २९ गतेदेखि नै लागु हुने गरि कम्पनीले यस पोलिसीको स्वीकृति पाएको थियो।

Advertisement
Advertisement

सम्बन्धित समाचार