free website hit counter

यूएईमा फेरि अर्का नेपालीले जिते साढे ३ करोडको चिठ्ठा

beemaadmin
२०८० जेष्ठ ४, बिहीबार

काठमाण्डौ । यूएईमा फेरि अर्का एक नेपाली युवाले साढे ३ करोड रुपैयाँ बढीको चिठ्ठा जितेका छन्। स्थानीय सञ्चार माध्यम खालिज टाइम्सका अनुसार यूएईको आबुधाबीमा कार्यरत सूर्य नाम गरेका नेपालीले १० लाख दिहरामको चिठ्ठा जित्न सफल भएका हुन्। जुन नेपाली ३ करोड ५९ लाख रुपैयाँबराबर हुन आउँछ। सूर्य आबुधाबीमा मेसिन अपरेटका रुपमा विगत ७ वर्षदेखि कार्यरत छन्। ३३ वर्षीय सूर्यले मुश्किलले मासिक २ हजारदेखि ४ हजार दिहरामसम्म आम्दानी गर्दै आएका छन्। चिठ्ठामा यति ठूलो धनराशि जितेकोमा भने सूर्यलाई अझै विश्वास लागेको छैन। मलाई अझै विश्वास लागेको छैन। तर, आज १० लाख दिहरामको चेक लिँदैछु, उनले भने। अहिले तलबको ठूलो हिस्सा घरमा पठाउँदै आएका छन्। केही बचेको पैसाले चिठ्ठा किन्ने गर्थें, पुरस्कार वितरण समारोहमा उनले भने, आज भाग्यले साथ दियो। चिठ्ठामा प्राप्त रकम नेपालमा आमाका लागि एउटा घर किन्ने योजना सूर्यले बनाएका छन्। घर किनेर बाँकी रहेको रकम छोरा–छोरीको शिक्षामा खर्च गर्नेछु, उनले भने। यो पुरस्कार जित्ने सूर्य तेस्रो नेपाली हुन् भने हालसम्मका विजेतामा ४३ औँ व्यक्ति हुन्।

सम्बन्धित समाचार

सुनको भाउ १ लाख ८० हजार नजिक

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

नेप्सेको सीईओमा चापागाईं नियुक्त

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

गभर्नरमा हुँदैछ एसम्यानको खोजी

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

लक्ष्मी सनराइज बैंक २४औँ वर्षमा प्रवेश

beemaadmin
२०८१ चैत्र १८, मंगलवार