काठमाण्डौ । यूनाईटेड इदीमर्दी एण्ड आरवि हाईड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो । बैठकले सेयरधनीहरुलाई आव २०८०–८१ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्तापूँजीको ४ प्रतिशत बोनस सेयर र ०.२११ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ४.२११ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यस्तै बोनस सेयर जारी भए पश्चात कायम हुने चुक्तापूँजिको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय समेत उक्त बैठकले गरेको छ । हकप्रद सेयर निष्काशन गरी अन्य जलविद्युत आयोजनाहरुमा लगानी गर्नेको लागी विद्युत नियमन आयोग वाट पूर्व स्वीकृती भए पश्चात् अनुमोदनको लागी कम्पनीको आगामी वार्षिक साधारणसभामा पेश गरिनेछ ।