free website hit counter

यो साता सुनको मूल्यमा ११ हजार ५ सय रुपैयाँले उकालाे

beemaadmin
२०८३ भाद्र ६, शनिबार

काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको छ। साताको सुरुवातमा सामान्य घटबढ भएको सुनको मूल्य मंगलबारदेखि तीव्र रूपमा बढेको हो। बुधबार केही करेक्सन आए पनि बिहीबार र शुक्रबार लगातार बढेपछि साताको अन्त्यमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ।

आइतबार प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार २ सय रुपैयाँ घटेर ३ लाख ५ हजार रुपैयाँमा झरेको थियो। मंगलबार भने एकैदिन ६ हजार ४ सय रुपैयाँ बढेर प्रतितोला ३ लाख ११ हजार ४ सय रुपैयाँ पुगेको थियो।

त्यसपछि बुधबार सुनको मूल्य २ हजार ७ सय रुपैयाँ घटेर ३ लाख ८ हजार ७ सय रुपैयाँमा झरे पनि बिहीबार पुनः ९ हजार ३ सय रुपैयाँले बढ्यो। बिहीबार प्रतितोला ३ लाख १८ हजार रुपैयाँ पुगेको सुन शुक्रबार भने ३ हजार ३ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

समग्रमा साताको सुरुवातको तुलनामा शुक्रबारसम्म सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेको देखिन्छ। शुक्रबारको मूल्य साताको उच्चतम स्तर नजिक रहेकाले नेपाली बजारमा सुनको मूल्य अझै उच्च विन्दुमा कायम रहेको छ।

सम्बन्धित समाचार