free website hit counter

यौन सम्बन्धपछि बलात्कार केस हाल्ने युवती पक्राउ

beemaadmin
२०७८ पुष २१, बुधबार

एजेन्सी। अपराधका तरिका फरक फरक छन् । कसैले हतियार देखाएर लुट्छन् त कसैले शरीर सुम्पिएर फसाउँछन् । युवकहरुलाई पहिले आफैंले प्रेम सम्बन्धमा फसाएर सहमतिमै शारीरिक सम्बन्धपछि बलात्कारको कस हालेर पैसा असुल्ने एक युवती पक्राउ परेकी छिन् । यी ‘असुली गर्ल’ युवतीले पहिले डेटिङ एपको माध्यमबाट नौजवान युवकहरुलाई प्रेमजालमा फसाउँथिन् । त्यसपछि उनीहरुसँग शारीरिक सम्बन्ध राख्थिन् । सम्बन्धपछि ती युवकलाई ब्ल्याकमेल गरेर पैसा असुल्ने खेल सुरु हुन्थ्यो । उनले यी युवकहरुविरुद्ध पुलिसमा बलात्कारको केस हालिदिने धम्की दिएर लाखौं असुल्थिन् ।

यी युवती दिल्लीसँग जोडिएको गुरुग्रामबाट पक्राउ परेकी हुन् । एसीपी क्राइमका अनुसार न्यू कोलोनी पुलिसले यी २० वर्षकी युवतीलाई पक्राउ गरेर ब्ल्याकमेलिङ गरेर असुलीको नेक्सेसको भण्डाफोर गरेको हो । यो पूरै खेलमा पक्राउ परेकी युवतीकी आमा र उनका एक साथी पनि संलग्न थिए । पुलिसले यो विषयमा थप अनुसन्धान गरिरहेको छ । गुरुग्रामका एसीपी क्राइम प्रितपाल सिंहले यो जानकारी दिएको भारतीय मिडियाले जनाएका छन् ।

युवतीले फसाएका एक पीडितका अनुसार गएको २० अगष्टमा उनले डेटिङ एपमार्फत युवतीलाई भेटेका थिए । युवतीले पहिले त उनीसँग शारीरिक सम्बन्ध राखिन् त्यसपछि २३ अगष्टसम्म बाध्यतावश ती युवतीसँग बिहे पनि गर्नुपर्यो । पुलिसका अनुसार कहानी यहीँ रोकिएन । युवतीले केही अरु युवकलाई पनि यसैगरी फसाएर उनीहरुसँग पनि शारीरिक सम्बनध बनाइन् । त्यसपछि उनीहरुलाई ब्ल्याकमेल गरेर पैसा असुलिन् । यसरी युवतीले लाखौं रुपैयाँ असुलिसकेकी थिइन् ।

पुलिस रेकर्डअनुसार आरोपी युवतीले १ वर्षमा कूल ७ युवक विरुद्ध राजेन्द्रा पार्क, न्यू कोलोनी, थाना सहर, थाना सदर, सेक्टर १०, सिभिल लाइन्स, डिएलएफ फेज १ र साइबर क्राइम गरी ७ फरक फरक पुलिस स्टेशनमा बलात्कारको केस समेत दर्ता गराइसकेकी थिइन् । यीमध्ये २ केस पुलिस जाँचमा झुटा पाइएका छन् । उनले १५ महिनामा ८ जनाविरुद्ध बलात्कारको केस दर्ता गराएकी छिन् । केस नै दर्ता नगरी युवतीले अन्य थुप्रै युवकलाई लुटेको हुन सक्ने आशंकामा अनुसन्धान जारी छ । पुलिसका अनुसार केस नै दर्ता नगरिएका पीडितहरु समेत खोज्दा युवतीले लुटेका युवकको संख्या दर्जनौं हुन सक्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार