free website hit counter

रवि भवनमा मेटलाइफको नयाँ एजेन्सी

beemaadmin
२०७६ पुष २५, शुक्रबार

काठमाडौं । आफ्ना शाखा सञ्जाल विस्तारको क्रममा मेटलाइफ इन्स्योरेन्स कम्पनीले यो प्रदेश नं. ३ अन्तर्गत काठमाडौँको रवि भवनमा नयाँ एजेन्सी कार्यालय विस्तार गरेको छ । कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कार्यालयहरुको उद्घाटन गरेका थिए । यो थप नयाँ कार्यालयपछि मेटलाइफको नेपालमा कुल ३१ र काठमाडौँ भित्र मात्रै १० वटा कार्यालयले पुगेको छ ।
यसरी भएको विस्तारले काठमाडौँको कलंकी तथा कालीमाटी क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्ने कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले दाबी गर्नुभयो ।
यस कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्नेछन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार