free website hit counter

रविले भारतमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने

beemaadmin
२०८३ जेष्ठ १८, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजदेखि पाँचदिने भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा रहने कार्यक्रम तय भएको रास्वपाले जनाएको छ।

पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा लामिछानेले भारतको राजधानी नयाँ दिल्लीमा विभिन्न उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नेछन्। उनले भारतीय जनता पार्टीका शीर्ष नेताहरूसँग समेत भेटघाट र समसामयिक विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

Advertisement
Advertisement

भ्रमण अवधिमा लामिछानेले भारतमा बसोबास गरिरहेका नेपाली समुदायका प्रतिनिधि तथा पार्टीका शुभेच्छुकहरूसँग पनि अन्तरक्रिया गर्नेछन्। साथै धार्मिक तथा सांस्कृतिक महत्व बोकेको अयोध्या क्षेत्रको भ्रमणसमेत उनको कार्यसूचीमा समावेश गरिएको छ।

Advertisement
Advertisement

भारत भ्रमणमा लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य पनि सहभागी हुनेछन्।

रास्वपाका अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावासले सभापति लामिछानेका विभिन्न उच्चस्तरीय भेटघाट तथा कार्यक्रमका लागि आवश्यक समन्वय गरिरहेको छ।

पार्टीले यस भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै दुई देशका राजनीतिक दलबीचको संवाद र सहकार्य विस्तारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार