free website hit counter

रहस्यले भरिएको छ पुटिनको जीवन

beemaadmin
२०७८ फाल्गुन १८, बुधबार

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमीर पुटिन प्रायः कुनै–कुनै कारणले चर्चामा आइरहन्छन् । कहिले विलासी जीवनशैलीका कारण त कहिले अनौठो सोखका कारण चर्चामा आउँछन् अनि कहिले भने उनी आफ्नो महलको कारण बाहिर आउँछन् । पुटिनको राजनीतिक जीवनको बारेमा त धेरैलाई थाहा नै छ तर उनको व्यक्तिगत जीवन भने रहस्यले भरिएको छ । उनी पारिवारिक कुराहरु भने गोप्य राख्ने गर्छन् ।
केही समयअगाडि रुसी राष्ट्रपति पुटिनले कोरोना भाइरसको समयमा आफ्नी छोरीलाई पनि खोप लगाएका थिए । यसबाहेक कुनै पनि समयमा पुटिनले छोरीको विषयमा उल्लेख गर्दैनन् । उनका जम्मा २ जना छोरी भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् । उनको परिवार सार्वजनिक हुनबाट जोगिन्छन् ।
पुटिनकी पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको छ । उनले यो विषयको जानकारी भने आफैले टेलिभिजनलाई दिएका थिए । उनकी पूर्वपत्नीको नाम ल्यूडमिला हो । दि विकका अनुसार ल्यूडमिला विवाहअगाडि प्लाइट अटेन्डेन्टको काम गर्ने गर्थिन् । त्यो समयमा यो जागिरलाई राम्रो जागिरको रुपमा लिइन्थ्यो । सन् १९८० को दशकमा पुटिनसँग उनको भेट थियटरमा भएको थियो । उनीहरु त्यहाँबाट नै साथी बने ।
एक अन्तर्राष्ट्रिय पत्रिकाका अनुसार सन् १९८३ को जुलाई २८ मा उनीहरु दुईको तस्बिर बाहिरिएको थियो । पुटिनले विवाहको लगभग ३० वर्षपछि अर्थात सन् २०१३ मा श्रीमतीसँग डिभोर्स गरेको घोषणा गरे । तर, उनीहरुको विवाह कहिले भएको थियो रहस्यमा नै छ । बिजनेसइनसाइडरका अनुसार पुटिनका दुई छोरीहरु छन् । एउटाको नाम मारिया भोरोन्सोवा र अर्कोको नाम कतेरिना तिखोनोवा हो । रिपोर्टका अनुसार मारिया सन् १९८५ मा जन्मिएकी हुन् भने तिखोनोवा सन् १९८६ मा जन्मिएकी हुन् । सन् १९९६ मा पुटिनको परिवार मस्को गएको थियो । त्यहाँ नै दुवै छोरीहरुलाई जर्मन भाषाको स्कुलमा भर्ना गरियो । तर, पुटिन राष्ट्रपति बनेपछि उनीहरुको नाम परिवर्तन गरिएको थियो । उनीहरुको नाम परिवर्तन गरेर फेक आइडी बनाइएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार