free website hit counter

राजश्व छल्ने परे फन्दामा

beemaadmin
२०७६ कार्तिक २०, बुधबार

काठमाडौं । झुट्टा तथा नक्कली विजक प्रयोग गरी राजस्व छलि गरेको आरोपमा नेपाल दोङ्गहवा कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कम्पनी माथि राजस्व चुहावट गरेको अभियोगमा तेह्र करोड तेह्र लाख एघार हजार छ सय सतहत्तर विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद मागदावी गर्दै राजश्व अनुसन्धान विभागले कात्तिक १९ गते काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

नेपाल दोङ्गहवा कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुअ कर विजक मात्र खरिदगरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजश्व चुहावटको कसूरमा संलग्नता रहेको देखिएको बताइएको छ। प्रतिवादीहरुले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क) र (ख) बमोजिम कसुर गरी मुअ कर तर्फ रु. ४,२१,०८,८०२।–, आयकर तर्फ रु.७,७७,७१,७९३।– भएको आय लुकाई कानून बमोजिम मुनाफा वितरण गर्दा लाग्ने लाभांश कर तर्फ रु १,१४,३१,०८२।– समेत गरिराजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २ (छ१) बमोजिम हुने जम्मा विगो रु. १३,१३,११,६७७।– राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले राजस्व चुहावट गरेको कसुरमा प्रालिका संचालक प्रतिवादीहरु याङ लिन, शे श्याङजुन, वे देगुइ र सुविन श्रेष्ठलाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण०ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३)वमोजिम विगो रकम रु. १३,१३,११,६७७।– असुल उपर गराई विगोको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुनमागदावी लिई काठमाण्डौजिल्ला अदालतमा कात्तिक १९ गते मुद्दा दर्ता गरिएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार