free website hit counter

राप्रपामा बढ्दो असन्तुष्टिबीच एकताको सन्देश

beemaadmin
२०८३ जेष्ठ १७, आईतवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद र असन्तुष्टिका बीच पार्टीका तीन पूर्वअध्यक्षले कार्यकर्तालाई एकताबद्ध भएर संगठन सुदृढीकरणमा जुट्न आग्रह गरेका छन्।

पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त वक्तव्य जारी गर्दै वर्तमान परिस्थितिबाट निराश वा विचलित नहुन कार्यकर्तासमक्ष अपिल गरेका हुन्। उनीहरूले पार्टीको भविष्यप्रति आशावादी रहँदै संगठनलाई थप मजबुत बनाउने दिशामा सक्रिय हुन आग्रह गरेका छन्।

Advertisement
Advertisement

वक्तव्यमा कुनै पनि प्रकारका विभाजनकारी वा आत्मघाती गतिविधिमा संलग्न नहुन आग्रह गर्दै पार्टीभित्र देखिएका समस्या तथा चुनौतीहरूको समाधान आगामी महाधिवेशनमार्फत खोजिने विश्वास व्यक्त गरिएको छ।

Advertisement
Advertisement

पूर्वअध्यक्षहरूले पछिल्लो निर्वाचनको नतिजा अपेक्षाअनुसार नभए पनि सही रणनीति, संगठनात्मक एकता र कार्यकर्ताको सक्रियताले राप्रपाले निकट भविष्यमा उल्लेखनीय सफलता हासिल गर्न सक्ने बताएका छन्।

उनीहरूले हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको पुनर्स्थापनासहित पार्टीका मूल एजेन्डालाई थप प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता पनि दोहोर्याएका छन्।

राप्रपाले आगामी जेठ महिनाको अन्तिम सातातिर बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको मिति तय गर्ने तयारी गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार