काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ को अवसरमा नौ जना कन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्।
राष्ट्रपति पौडेलले मंगलबार प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको पूजा गरेका हुन्।
बडादसैँका अवसरमा नवदुर्गाका स्वरूपका रूपमा नौ जना कन्याको पूजाअर्चना गर्ने परम्परा छ। सोही परम्पराअनुसार राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाइदिएका थिए। उनले कन्याहरूलाई उपहारसमेत प्रदान गरेका थिए।
हिन्दू धार्मिक मान्यताअनुसार दुर्गा भगवतीका नौ स्वरूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। बडादसैँमा नवदुर्गाको प्रतीकका रूपमा कन्याहरूको पूजा गर्ने चलन रहिआएको छ।