free website hit counter

राष्ट्रबैंकको निर्देशनप्रति कर्मचारी असन्तुष्ट

beemaadmin
२०७६ मंसिर २९, आईतवार

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा दर्ता हुन नेपाल राष्ट्र बैंकले निर्देशन दिएकोमा आपत्ति जनाएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघले राष्ट्र बैंकका गभर्नरलाई ध्यानाकर्षण पत्र लेख्दै बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको निर्देशन तत्काल फिर्ता लिन समेत आग्रह गरेको छ । कर्मचारी संघले सरोकारवालासँग छलफल नै नगरी एकपक्षीय रुपमा नियामक निकायको कार्यक्षेत्र र अधिकारको दुरुपयोग गरी सामाजिक सुरक्षा कोषमा बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको ठहर कर्मचारी संघको छ ।
सरकारले तोकेको सामाजिक सुरक्षा योजनामा समावेश हुँदा बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुले पाइरहेको सेवा सुविधाहरुको ग्यारेन्टी गरेर मात्रै सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुने व्यवस्था गर्न समेत संघले माग गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारीहरुले सामाजिक सुरक्षा कोषमा जम्मा गर्दा, अवकाश पछि भुक्तानी लिँदा तिनुपर्ने दोहोरो कर व्यवस्थालाई संशोधन गनुपर्ने, सेवाबाट अवकाश लिँदा पाउने उपदान बापतको रकम पूर्ववत रुपमा ५ वर्ष पुगेपछि सहजै पाउने व्यवस्था हुनु पर्ने र एकमुष्ठ पेन्सन सुविधा पाउने व्यवस्था यथावत कायम हुनुपर्ने संघको माग छ ।
सामाजिक सुरक्षा कोषमा देखिएका ब्यवहारिक र कानुनी जटिलतालाई सहज र अनुकुल बनाएर मात्र लागू गर्न संघले माग गरेको छ। राष्ट्र बैंकले दिएको निर्देशनले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले उपभोग गरिरहेको सुविधा कटौती हुनसक्ने आशंका समेत व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार