free website hit counter

राष्ट्रिय आविष्कार केन्द्रलाई बैंक अफ काठमाण्डूका कर्मचारी संघद्वारा सहयोग

beemaadmin
२०७७ श्रावण १८, आईतवार

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक अफ काठमाण्डूको कर्मचारी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख एकाउन्न हजार सहयोग हस्तान्तरण गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा व्यक्तिगत सुरक्षात्मक उपकरण उत्पादन गर्दै आइरहेको केन्द्रलाई संघले वित्तीय सहयोग हस्तान्तरण गरेको हो ।

आविष्कारको क्षेत्रमा ठुलो योगदान गर्दै विभिन्न सामाजिक कार्यमा तल्लीन रहेका डा. महाविर पुनले केन्द्रको नेत्तृव गर्दै आएका छन् । बैंकको कर्मचारी संघका अध्यक्ष अरुण श्रेष्ठले केन्द्रका अध्यक्ष पुनलाई एक समारोहको बीच उक्त सहयोग हस्तान्तरण गरेका हुन् । केन्द्रद्वारा उत्पादन गर्दै आइरहेको व्यक्तिगत सुरक्षात्मक उपकरणको उत्पादनमा सहयोग पुग्ने विश्वास स्वरुप उक्त सहयोग रकम हस्तान्तरण गरिएको र अन्य बैंक तथा वित्तिय संस्थाहरुलाई सहयोग गर्न उत्साहित गर्ने विश्वास लिएको बैंकको कर्मचारी संघको प्रमुख श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार