free website hit counter

राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा १४५ प्रतिशतले बढ्यो

beemaadmin
२०८१ श्रावण ३१, बिहीबार

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको खुद नाफा र बीमाशुल्क आर्जनमा प्रगति गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले १५ करोड ३६ लाख रुपियाँ नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १४५.४५ प्रतिशतले बढी हो । अघिल्लो आवमा ६ करोड २६ लाख रुपियाँ कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ६.३७ प्रतिशतले बढेर ९ अर्ब ४ करोड ८ लाख रुपियाँ पुगेको छ । अघिल्लो आवमा यो ८ अर्ब ४९ करोड मात्रै थियो । त्यसैगरी यस अवधिमा कुल दाबी भुक्तानी पनि २२.४८ प्रतिशतले वृद्धि भएर ५ अर्ब २५ करोड ९० लाख रुपियाँ पुगेको छ । असार मसान्तसम्म कम्पनीको जीवन बीमा कोषको आकार पनि बढेको छ । अघिल्लो आवमा ४६ अर्ब १३ करोड ७५ लाख रुपियाँ रहेको बीमा कोष १६.७२ प्रतिशतले बढेर ५३ अर्ब ८५ करोड ११ लाख रुपियाँ पुगेको छ । १८ करोड १० लाख चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषको आकार ३१.७० प्रतिशतले बढेर ६३ करोड ८४ लाख रुपियाँ पुगेको छ भने लगानी ९.६५ प्रतिशतले बढेर ४४ अर्ब ९६ करोड ३२ लाख रुपियाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७८.६१ रुपियाँले बढेर ११३.२० रुपियाँ पुगेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार