free website hit counter

राष्ट्रिय बीमा संस्थानद्वारा बीमा अभिकर्ता तालिम

beemaadmin
२०७६ पुष १, मंगलवार

काठमाडौं । आम जनमानसमा बीमासम्बन्धी चेतनावृद्धिको काम गर्दै आएको राष्ट्रिय बीमा संस्थानको हेटौंडा शाखाले जीवन बीमा अभिकर्ताको लागि तीन दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ । संस्थानले मंसिर २६ गतेदेखि २८ गतेसम्म कार्यक्रम सञ्चालन गरेको हो ।
तालिमको माध्यमबाट व्यवसाय विस्तारका साथै आम नागरिकमा बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले संस्थानले उक्त कार्यक्रम संचालन गरिएको बताइएको छ ।
संस्थानका हेटौंडा शाखाका प्रमुख केशव बजगाईको संयोजकत्वमा सञ्चालित उक्त तालिम कार्यक्रममा ३५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा संस्थानका प्रधान कार्यालय बजार व्यवस्थापन विभागका चुडाराज अधिकारी र नारायणगढ शाखाका प्रमुख उषा सापकोटाले प्रशिक्षण दिएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार