free website hit counter

राष्ट्रिय बीमा संस्थानले दियो बीमा अभिकर्तालाई तालिम

beemaadmin
२०७६ मंसिर २४, मंगलवार

काठमाडौं । आम नागरिकलाई बीमा चेतना फैलाउन विविध कार्यक्रम गर्दै आएको राष्ट्रिय बीमा संस्थानले बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रम नारायणगढ शाखाले मंसिर १९ देखि २१ गतेसम्म जीवन बीमा अभिकर्ताको लागि आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको हो ।

तालिमको माध्यमबाट व्यवसाय विस्तार र आम नागरिकमा बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । संस्थानका नारायणगढ शाखाका प्रमुख उषा सापकोटाको संयोजकत्वमा सञ्चालित उक्त तालिम कार्यक्रममा ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा संस्थानका बुटवल शाखाका प्रमुख लगायत चार जना प्रशिक्षकहरुद्वारा बीमा व्यवसायको सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार