free website hit counter

राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा सिमकार्ड निःशुल्क

beemaadmin
२०७६ मंसिर १३, शुक्रबार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्ने ग्राहकले नेपाल टेलिकमको जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क पाउने भएका छन् । यस सम्बन्धी नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच भएको छ । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले मुलुकको सबभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी र सबैभन्दा बढी वित्तीय सञ्जाल भएको राष्ट्रिय बाणिज्य बैंकबीचको सहकार्यले दुवै संस्थाको व्यवसाय अभिवृद्धि हुनुका साथै कार्यक्षमतामा समेत बढोत्तरी हुने बताए ।
राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २ करोडभन्दा बढी ग्राहक संख्या भएको नेपाल टेलिकम र ३० लाख बढी सेवाग्राही भएको राष्ट्रिय बाणिज्य बैंकबीच भएको यो सम्झौताले आम सेवाग्राहीहरु वित्तीय र प्रविधिगत रुपले निकै लाभान्वित हुने बताएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार