free website hit counter

राष्ट्रियसभामा माओवादी सबैभन्दा ठूलो दल

beemaadmin
२०८० माघ १२, शुक्रबार

काठमाडौं। आगामी फागुन २१ पछि राष्ट्रियसभामा दलीय हैसियत फेरिने भएको छ। राष्ट्रिय सभाको हिजो भएको निर्वाचन परिणामले माथिल्लो सदनको दलीय संरचनामा परिवर्तन भएको हो। निर्वाचन परिणाम अनुसार नेकपा एमालेलाई पछि पार्दै नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल बन्दा नेपाली कांग्रेस दोस्रो ठूलो दल बनेको छ। १९ पदका लागि भएको निर्वाचनमा सत्तारूढ गठबन्धनका १८ र एमालेका एक जना उम्मेदवार विजयी भएका छन्। परिणाम अनुसार माओवादी केन्द्रका छ जनामध्ये पाँच जना उम्मेदवार निर्वाचित भएसँगै सो दलको कुल सदस्य संख्या यसअघि एमालेको सदस्य संख्या जति नै १७ पुगेको छ। यसअघि तेस्रो ठूलो दल रहेको नेपाली कांग्रेस १६ सदस्य संख्यासहित दोस्रो ठूलो दल बनेको हो। कांग्रेसका चार र माओवादीका तीन जना राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिँदै छ। नेकपा एमालेका एक उम्मेदवार निर्वाचित भएपनि सो दलको राष्ट्रिय सभामा सदस्य १० जनामा सीमित हुन पुगेको छ। उसको आठ जना सदस्यको पदावधि सकिन लागेकोमा एक जना मात्रै निर्वाचित भए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार