free website hit counter

रिलायन्स फाइनान्सको ६ प्रतिशत लाभांश घोषणा

beemaadmin
२०७६ पुष २४, बिहीबार

काठमाडां । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट ६.५८ लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस २३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट करसहित ६.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। हाल फाइनान्सको चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार रहेको छ। फाइनान्सले ५ करोड ४७ लाख ६४ हजार २१४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

फाइनान्सले आर्थिक वर्ष २०७४–७५ को मुनाफाबाट २.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। गत आर्थिक वर्षमा फाइनान्सले ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४.८७ प्रतिशत कम हो।

 

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

सुन–चाँदी दुवैको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १४, बिहीबार

रिज लाईन इनर्जीको आईपीओ बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन १४, बिहीबार