free website hit counter

रिलायन्स लाइफको सबै सूचाकंमा प्रगति

beemaadmin
२०७७ कार्तिक २१, शुक्रबार

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४६ करोड ५२ लाख रुपैयाँ खुद बीमाशूल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९२ प्रतिशतले बढी हो। २ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १७ करोड ३० लाख १३ हजार रुपैयाँ संचिती रहेको छ । जीवन बीमा कोषमा १ अर्ब ३९ करोड ५६ लाख रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा १ करोड ९२ लाख २४ हजार रुपैयाँ रहेको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख छ।

Advertisement
Advertisement

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ७३ हजार रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ८५ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Advertisement
Advertisement

गत आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा ६२ दशमलव ४३ प्रतिशतले बढी हो। त्यसैगरी यस अवधिसम्ममा कम्पनीले बीमालेख धितोबापत १७ करोड ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसबापत इन्स्योरेन्सले १५ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ।

सम्बन्धित समाचार