free website hit counter

रिलायन्स लाइफले सुधार्यो नाफा

beemaadmin
२०७६ कार्तिक २८, बिहीबार

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७५–७६ को पहिलो त्रैमासमा नाफामा उल्लेख्य सुधार गरेको छ । पहिलो त्रैमाससम्ममा २५ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्ष सोहि अवधिमा कम्पनीले ९ करोड ८६ लाख बीमाशुल्क आर्जन गरेको थियो ।

सो अवधिमा २ हजार ९ सय ५५ बीमालेख जारी भएको जनाइएको छ । कम्पनीले ५ बीमालेख बराबर ३४ लाख ७३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणमा उल्लेख गरिएको छ ।

प्रथम त्रैमासको अवधिसम्ममा कम्पनीको जगेडा कोष ११ करोड १० लाख रुपैयाँ पुग्दा चुक्ता पूँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको जीवन बीमा कोषमा पनि सुधार आएको देखिन्छ । असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष ५६ करोड ५२ लाख रुपैयाँ रहेको छ । कम्पनीको खुद नाफामा ४ प्रतिशतले वृद्धि गर्दै  १ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोजमसान्तसम्ममा कम्पनीले १ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार