free website hit counter

रिलायन्स लाईफप्रति यति धेरै आकर्षण

beemaadmin
२०७७ भाद्र ११, बिहीबार

काठमाडौं । शेयर बजारमा बीमा क्षेत्रको आकर्षण बढिरहेको बेला धमाधम खुलेका आइपीमा लगानी गर्न सर्वसाधारण निकै आकर्षित भएका छन् ।
रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपिओमा ६ लाख ९ हजारले आवदेन दिएका छन् । कूल ६३ लाख कित्ता आईपिओ जारी गरेकोमा सर्वसाधारण र म्युचुअल फण्डलाई १० प्रतिशत छुट्टाएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणले खरिद गर्न पाउने गरी जारी गरिएकोमा सो संख्यामा आवेदन परेको कम्पनीले जनाएको छ ।
१० कित्ताका दरले आईपिओ वितरण गर्दा पनि प्रारम्भिक विवरण अनुसार ४१ हजार ५०० जनाले रिलायन्स लाईफ इन्स्योरेन्सको शेयर नपाउने देखिन्छ । भदौ ४ गतेदेखि जारी भएको आईपिओ ८ गते बन्द गरेको थियो ।
१०० दरका शेयर माग भन्दा ३.८५ गुणा बढि आवेदन परेको थियो । कम्पनीले बिज्ञप्ति प्रकाशित गर्दै निषेधाज्ञाका बीचमा उत्साहका साथ शेयर आवेदन प्रक्रिया सम्पन्न गरेकोमा बीमा समिति, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लि।, सिडिएस एण्ड क्लियरिङ्ग लि.,सानिमा क्यापिटल, लगायतप्रति आभार प्रकट गरेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार