free website hit counter

रिलायबल नेपाल लाइफद्वारा उपचारका लागि ३ लाख ६४ हजार रुपैयाँ दाबी भुक्तानी

beemaadmin
२०८३ आश्विन १०, शनिबार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले घातक रोगअन्तर्गत क्यान्सर उपचारका लागि ३ लाख ६४ हजार ५०३ रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ।

कम्पनीको धनगढी शाखाले धनगढी निवासी बीमित उमेश कुमार चटौतलाई बीमालेखमा रहेको घातक रोग सुविधाअन्तर्गत उक्त रकम भुक्तानी गरेको हो।

Advertisement
Advertisement

कम्पनीले धनगढी शाखा कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमबीच बीमा दाबी रकम हस्तान्तरण गरेको जनाएको छ।

Advertisement
Advertisement

दाबी भुक्तानी कार्यक्रममा रिलायबल नेपाल लाइफका सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्रबहादुर बिष्ट, धनगढी शाखा प्रमुख विक्रमसिंह बोगटी, वरिष्ठ एजेन्सी म्यानेजर थानेश्वरप्रसाद भट्ट, एजेन्सी म्यानेजर पुष्कर बिष्टलगायत शाखाका कर्मचारी तथा एजेन्सी प्रतिनिधिको उपस्थिति थियो।

कार्यक्रममा प्रदेश प्रमुख बिष्टले जीवनमा आइपर्न सक्ने अप्रत्याशित स्वास्थ्य जोखिम तथा त्यसबाट उत्पन्न आर्थिक भार व्यवस्थापनका लागि बीमा महत्वपूर्ण हुने बताए। स्वास्थ्यसम्बन्धी कठिन परिस्थितिमा बीमितलाई समयमै दाबी भुक्तानीमार्फत सहयोग गर्न पाउनु कम्पनीको सामाजिक तथा व्यावसायिक दायित्वसँग जोडिएको उनको भनाइ थियो।

दाबी रकम प्राप्त गरेपछि बीमित चटौतले उपचारको कठिन समयमा कम्पनीबाट प्राप्त सहयोगले आर्थिक राहत मिलेको बताए। उनले दाबी भुक्तानी प्रक्रियामा सहजीकरण गरेको भन्दै कम्पनीप्रति आभार व्यक्त गरे।

रिलायबल नेपाल लाइफले आफ्ना शाखा तथा सेवा केन्द्रमार्फत बीमितलाई बीमा सेवा तथा दाबी भुक्तानीसम्बन्धी सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

सम्बन्धित समाचार