free website hit counter

रिलायबल नेपाल लाइफद्वारा पूर्ण अशक्तता दावी भुक्तानी

beemaadmin
२०७७ फाल्गुन २१, शुक्रबार

काठमाडौं। रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले आफ्ना बीमित पूर्ण असक्तता भएका कारण दाबी भुक्तानी गरेको छ । मायादेवी गाँउपालिका ७ हाटीबनमाइ रुपन्देहीका बीमित गुलाब पासवानलाई पूर्ण अशक्तता भएको दाबी पछि भुक्तानी गरेको हो।

कम्पनीले पासवानलाई ५ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । उनलाई कम्पनीको बुटवल शाखा प्रबन्धक इश्वर पाण्डेले ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

Advertisement
Advertisement

बीमित पासवानको प्यारालाइसिसका कारण एक हात र एक खुट्टाले काम गर्न नसक्ने अवस्थाका कारण पूर्ण अशक्त अवस्थामा छन्। यस्तो अवस्था पछि कम्पनीले उनलाई पूर्ण अशक्तताको सुविधा प्रदान गरेको हो। उक्त कार्यक्रममा बीमितको श्रीमती प्रियंका पासवान, राजकुमार पासवान तथा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स बुटवल शाखाका बजार प्रमुख गणेश प्रसाद पाण्डेको समेत उपस्थिति रहेको थियो।

Advertisement
Advertisement

सम्बन्धित समाचार