free website hit counter

रिलायबल नेपाल लाइफद्वारा बीमा दाबी भुक्तानी

beemaadmin
२०७९ माघ २५, बुधबार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ५ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीमा जीवन बीमा गरेका बिमित कुमार कार्कीको मृत्यु भएकोले इन्स्योरेन्सले सो मात्राको रकम भुक्तानी गरेको हो । सो कम्पनिको इटहरी शाखाले सुनसरी जिल्लाको बराहक्षेत्रका रामझोडा निवासी स्वर्गीय कुमार कार्कीको घरमै गएर निजकी पत्नी गंगा पोखरेललाई ५ लाख ५३ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । जीवन बीमा मृत्यु दावी हस्तान्तरण कार्यक्रममा रिलायबल नेपाल लाइफ, इटहरी शाखा प्रमुख चन्द्रमणी निरौलाले पीडितको सहजताकोलागि घरमै पुगेर रकम प्रदान गरिएको बताए । कार्यक्रममा इटहरी शाखाकी वरिष्ठ एजेन्सी मेनेजर तुल्सा कार्कीले जीवन बीमा जीवन रहँदा पनि जीवन नरहँदा पनि बीमित तथा आसृत परिवारको आर्थिक सुरक्षाको निमित्त अपरिहार्य रहेको बताइन् । बीमा दावी रकम बुझ्दै मृतककी पत्नी गंगा पोखरेलले रिलायबल नेपाल लाइफबाट झन्झटरहित तवरले दावी रकम पाएको र प्राप्त रकम छोराछोरीको भविष्य निर्माणमा लगानी गर्ने बताइन् । कार्यक्रममा मृतककी बहिनी सिता छेत्री, स्थानिय समाजसेवी अर्जुन भट्टराई, रिलायबल इटहरी शाखामा आवद्ध अभिकर्ता, एजेन्सी मेनेजर एवम् मृतकका नातेदारहरुको समेत उपस्थिती थियो । मृतक कार्कीको गत मंसिर २७ गते मृगौला तथा कलेजोमा भएको खराबीको कारणले मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

हिमालयन एभरेष्टलाई फुट्सलको उपाधि

beemaadmin
२०८२ बैशाख १०, बुधबार

नेपाल लाइफले गर्यो भावी रणनीति तय

beemaadmin
२०८२ बैशाख १०, बुधबार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८२ बैशाख १०, बुधबार