free website hit counter

रिलायबल लाइफद्वारा घातक रोग वापत २० लाख बीमा दाबी भुक्तानी

beemaadmin
२०८२ जेष्ठ १०, शनिबार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले रु.२० लाख रुपैयाँको घातक रोग वापतको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । २०७७ साल चैत्र महिनामा कम्पनीको हाकिमचोक शाखा, भरतपुर, चितवनबाट १५ बर्षको बीमा अवधी रहने गरी २० लाखको जीबनबीमा बीमालेख खरीद गर्नुभएका भरतपुर–३, चितवन निवासी महेश बानीयाँलाई उक्त रकम दाबी भुक्तानी हस्तान्तरण गरेको हो । बीमीतले ३ किस्ता मात्र बीमाशुल्क भुक्तानी गरेको अवस्थामा मिति २०८० साल वैशाख २ गते पुरानो मेडिकल कलेज, भरतपुरमा सामान्य चेकजांचका क्रममा कलोजो सम्बन्धी समस्या देखा परेको थियो । त्यसपश्चात थप उपचारका लागी उनलाई मेडिसिटी अस्पताल, काठमाडौ लगीएको र डाक्टरको सल्लाह बमोजिम नै २०८१ पौष १५ गतेका दिन उनको कलोजो प्रत्यारोपण गरिएको थियो । नेपालमा अत्यन्तै महंगो उपचार पद्धती मध्यको एक मानिने कलेजो प्रत्यारोपणका लागि झन्डै ४० लाखसम्म खर्च लाग्ने गर्दछ । निजले सोही समयमा कम्पनीलाई गराएको जानकारी बमोजिम नै प्रक्रिया अगाडि बढाईएको थियो । निजले आफ्नो सफल उपचार पश्चात सम्पूर्ण कागजात कम्पनीमा पेश गरेको छोटो समयमा नै कम्पनीले उनलाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।
कम्पनीद्वारा मिति २०८२ जेठ ७ गते बुधबारका दिन हाकिमचोक शाखामा आयोजित कार्यक्रमका बिच कार्यक्रमको अध्यक्षता गर्नुभएका शाखा प्रमुख श्री राजकुमार दाहाल ज्युले २० लाखको चेक बीमितलाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै बीमीत महेश बानीयाँले यस दुःखद् समयमा बीमा कम्पनीले आफुलाई दिएको साथ र सहयोगको प्रशंसा गर्दै बजारमा रहेका बीमा दाबी भुक्तानी तथा प्रकृया सम्बन्धी सम्पुर्ण हल्लाहरु निराधार साबित भएको समेत बताउनुभयो । ‘आफुलाई जीबन बीमा गराउनका लागी सहि समयमा नै प्रस्ताव गर्नुहुने बीमा अभिकर्ता श्री सरस्वती गौतमलाई बिशेष धन्यवाद दिँदै भोलीका दिनमा आफु जस्तै समस्यामा पर्नसक्ने सबैलाई बीमाको दायरामा ल्याउनका निमित्त लागी पर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै बक्ताहरुले बीमाको महत्व, बचत, बोनस, नेपालमा बीमादरको अवस्था तथा भविष्यमा हुनसक्ने जोखिमको क्षती न्युनिकरण गर्न आज स्वस्थ अवस्थामा नै बीमा गर्नुपर्ने कुरामा जोडदिनुभयो । उक्त कार्यक्रममा हाकिमचोक शाखाका बरिष्ठ एजेन्सी म्यानेजरहरु मनोज चौलागांई, बिष्णुकूमारी कुंँवर, समिता दराई, तारा कुमाल, एमडीआरटी जानकी शाह श्रेष्ठ लगायतका अन्य थुप्रै एजेन्सी म्यानेजर, कर्मचारी तथा स्थानियहरुको समेत उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार