free website hit counter

रुरु जलविद्युतको आईपीओ खुल्यो, १०० हाेइन १२०

beemaadmin
२०७७ चैत्र २०, शुक्रबार

काठमाण्डौ । रुरु जलविद्युत लिमिटेडले चैत २० गते शुक्रबारबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्कासन गरेको हो । जसमा २ प्रतिशतले हुन आउने ८ हजार १५४ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन्।

न्यूनतम १० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार