free website hit counter

रेमिट्यान्स भुक्तानीमा यस्तो आयो नियम

beemaadmin
२०७६ पुष १८, शुक्रबार

काठमाडौं । नेपालको अर्थतन्त्र धान्ने रेमिट्यान्सलाई व्यवस्थित गर्न बेला बेलामा नयाँ नयाँ नियम कानुन आउन गरेका छन् । विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको रकम नेपाल पठाउँदा अब बैंक तथा रेमिट्यान्स कम्पनीहरुले एक लाखभन्दा बढी भूक्तानी नगदमा गर्न नपाउने व्यवस्था गरिएको छ ।

यसैगरी आन्तरिक विप्रेषको कारोबार कम्पनीले अनिवार्य रुपमा विप्रेष सिस्टम प्रयोग गर्नुपर्ने र प्रति व्यक्ति एक दिनमा एक लाखभन्दा बढी कारोबार गर्न नपाइने व्यवस्था समेत गरिएको छ । यो व्यवस्थासँगै अब रेमिट्यान्स कारोबार गर्ने बैंक तथा वित्तिय संस्थान तथा एजेन्टहरुले एक लाखमाथिको कारोबारमा अनिवार्य बैंक खाता वा चेक प्रयोग गर्नु पर्ने भएको छ ।

राष्ट्र बैंकद्वारा जारी भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७६ अनुसार विद्युतिय माध्यमद्वारा वैदेशिक रेमिट्यान्सको भुक्तानी गर्दा एक लाख माथिको रकम नगदमा भुक्तानी नगर्न व्यवस्था गरेको हो । त्यस्तै, विदेशमा रहेका नेपालीहरुबाट जम्मा भएको रकम सम्बन्धीत पक्षलाई भुक्तानी गर्दा ग्राहक पहिचन नम्बर, नाम, ठेगाना, रकम र सम्पर्क नंबर यकिन गरेर मात्र भुक्तानी गर्न निर्देश गरेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार