काठमाडौं । रेमिट्ली र जीएमई रेमिटबीच विप्रेषणसम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जीएमई रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेल र रेमिट्लीका प्रमुख कार्यकारी अधिकृत म्याथ्यु ओप्पेनहेमरले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात माग ८ गते देखि रेमिट्लीमार्फत विश्व भरीबाट पठाएको रकम जीएमई रेमिट को ७००० भन्दा बढी एजेन्टमार्फत भुक्तानी लिन सकिनेछ ।
हाल जीएमई रेमिटले दक्षिण कोरिया, अमेरिका, यूके, मलेसिया, जापानलगाएत खाडि मुलुकबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।