free website hit counter

रेशम चौधरी कारागारबाट रिहा

beemaadmin
२०८० जेष्ठ १५, सोमबार

काठमाडौँ । टीकापुर घटनाको ६ वर्षपछि रेशम चौधरी जेलमुक्त भएका छन्। पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी अवधिको जेल मिनाहा गरे पछि उनी रिहा भएका हुन्। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिए पछि बितेका ६ वर्षदेखि डिल्लीबजार कारागारमा रहेका उनी आज बिहानै जेलमुक्त भएका हुन्। नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका चौधरी जेलमुक्त हुने भए पछि सो पार्टीका नेता तथा कार्यकर्तालाई डिल्लीबजार कारागार परिसरमा पुगेका थिए। टिकापुर नरसंहारमा दोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको सुनाएको फैसलालाई गत जेठ २ गते सर्वोच्च अदालतले सदर गरेको थियो। न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उच्च अदालतको फैसला सदर गरेको १३औं दिनमा चौधरीलाई आममाफी दिइएको हो। २०७४ फागुनमा पक्राउ परेका उनीमाथि टिकापुर नरसंहारमा एक बालकसहित ९ जना सुरक्षाकर्मीको बीभत्स तथा निर्मम तरिकाले हत्या गरेको अभियोग छ। उनी २०७४ सालको आमनिर्वाचनमा उनी कैलाली–१ बाट निर्वाचित भएका थिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार