free website hit counter

रोकिएन सुनको मूल्यवृद्धि

beemaadmin
२०८१ श्रावण १७, बिहीबार

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज पनि सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन बढेको सुनको मूल्य आज पनि १।३६ प्रतिशतले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य १.३२ प्रतिशत अर्थात ३२.८२ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ४४२ डलर कायम भएको छ । सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य १.७९ प्रतिशत अर्थात ०.५१ डलरले बढ्दै प्रतिऔंस २८.८५ डलर पुगेको छ । अमेरिकी केन्द्रीय बैंकले आगामी सेप्टेम्बर महिनाका लागि गर्ने ब्याजदर कटौती र विश्व राजनीतिमा बढ्दै गएको भू–राजनीतिक तनावले गर्दा सुनको मूल्य केहि दिनयता निरन्तर बढिरहेको छ । अमेरिकी केन्द्रीय बैंकको हालै सम्पन्न बैठकले आगामी सेप्टेम्बरसम्म एक पटक ब्याजदर कटौती गर्ने संकेत गरेकाले सुनको मूल्यमा वृद्धि देखिएको विश्लेषकले बताएका छन् । यस्तै प्यालेस्टाइन समूह र तहरानले इरानमा हमासका शीर्ष नेता इस्माली हानिएको हत्या गरेसँगै मध्य–पूर्वमा तनाव सिर्जना भएको छ । जसका कारण अनिश्चिनता बढ्दा सुनको मूल्य समेत प्रभावित बनेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार