free website hit counter

रोल्पाको लिवाङमा एनआईसी एशिया

beemaadmin
२०७६ भाद्र १६, सोमबार

काठमाडौं । सुविधासम्पन्न स्थानमा मात्र होइन, गाउँ गाउँमा पनि बैंकहरु पुगेका छन् । आफ्नो शाखा सञ्जाल देशभर फैलाउने योजनामा रहेको एनआईसी एशिया बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा सञ्चालनमा आएको छ। रोल्पा जिल्ला, रोल्पा नगरपालिका वडा नं ४ स्थित लिवाङ शाखा यही भाद्र १३ गतेदेखि सञ्चालनमा आएको हो। बैंकले सञ्चालनमा ल्याएको यस लिवाङ शाखाको समुद्घाटन रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गरेका थिए।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९७ शाखा कार्यालयहरु, ३५० एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार