free website hit counter

लकडाउन सफल बनाउन नसक्दा गृहमन्त्रीले दिए राजीनामा

beemaadmin
२०७७ बैशाख १, सोमबार

एजेन्सी । कोरोना नियन्त्रणको एकमात्र औषधिको रुपमा मानिएको लकडाउनलाई विश्वभरका मुलुकहरुले कडाईका साथ लागू गरिरहेका छन । टर्कीका गृहमन्त्री सुलेमानी सोयलुले लकडाउन लागू गर्न असफल भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन् । सुलेमानलाई टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनको निकै नजिक भएको मानिन्छ । टर्कीका सबै ३१ शहरमा लकडाउन घोषणा गरिएको थियो तर घोषणालगत्तै तनावग्रस्त स्थिती पैदा भएको थियो । त्यहाँको सरकारले शुक्रबार राति ४८ घण्टाको लकडाउन घोषणा गरेको थियो । शुक्रबार मध्य रातदेखि मानिसहरु आफ्नो घरबाट बाहिर निस्कन पाउँदैनथे तर लकडाउनको घोषणालगत्तै मानिसहरु किराना पसल र बेकरी सपमा सामान खरिद गर्नका लागि ह्वारह्वार्ती निस्कन थाले । हेर्दा हेर्दै स्थिती तनावपूर्ण हुन थाल्यो । प्रशासनले दैनिक उपभोग्य वस्तु तथा औषधीको खरिदमा कुनै प्रतिबन्ध नलाग्ने भनेर सम्झाएपनि स्थिती नियन्त्रणमा आउन सकेन । तत्पश्चात्, तत्काल कर्फ्यू लागू गरेपछि सर्वसाधारण र विपक्षी नेताले भयंकर आलोचना गर्न थाले । इस्तानबुलमा १।६ करोड बस्छन् र मानिसहरु हतारहतार किनमेलका लागि बाहिर निस्कन थाले । शहरका मेयरले ट्वीटरमा भिडियो पोस्ट गर्दै आफूहरुलाई लकडाउनको विषयमा पहिले नै सूचित नगरिएको बताए । पछि गृहमन्त्री सुलेमानले आफूले यस्तो स्थितीको पूर्ण जिम्मेवारी लिँदै ट्वीटरमा राजीनामा दिएको घोषणा गरे ।
सुलेमानीले ट्वीटरमा लेखे, मैले जनताको सुरक्षाका लागि निर्णय लिएको थिएँ । यो संक्रमण रोक्नका लागि थियो । आइतबार कोरोना भाइरसको कूल ५६ हजार ९ सय ५६ संक्रमित फेला परिसकेका छन् । यद्यपि, राष्ट्रपति अर्दोआनले राजीनामा स्विकार गरेका भने छैनन् । अर्दोआनले सुलेमान आफ्नो पदमा रहिरहने जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार