free website hit counter

लकडाउनकै बीचमा बढ्यो चोरकाे सक्रियता

beemaadmin
२०७७ जेष्ठ ६, मंगलवार

काठमाडौं । लकडाउनका कारण ठप्प रहेको शहरमा भित्रभित्रै चोरीको घटना बढ्न थालेको प्रहरीमा परेको रिपोर्टहरुले देखाएको छ । लगातारको लकडाउनका कारण केही समय शून्य भएको काठमाडौँको अपराध गतिविधि फेरि सलबलाउन थालेको हो। जघन्य र ठूला प्रकृतिका अपराधका घटना नभए पनि चोरीका घटना भने बढ्दै गएको देखिएको छ । महिनौदेखि बन्द भएका काठमाडौँका विभिन्न क्षेत्रमा निजी कार्यालय, पसल, रेष्टुरेष्ट लगायत क्षेत्रमा चोरी भएको उजुरी प्रहरी कहाँ आउने क्रम बढेको छ। त्यस्तै प्रहरीले काठमाडौँ क्षेत्रभित्र सर्च अप्रेसन थालेको छ। ुहामीले रातिको समयमा सादा तथा पोशाकका प्रहरी परिचालन गरेका छौँ। केही स्थानमा चोर्दाचोर्दै पनि पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीलेले बताएका छन् । त्यस्तै, काठमाडौँका मुख्य शहरभन्दा बाहिरका क्षेत्रमा पशु तथा चौपाया समेत चोरी भएको गुनासो आउन थालेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार