free website hit counter

लकडाउनबारे निर्णय लिन मन्त्रिपरिषद् बस्दै

beemaadmin
२०७८ बैशाख १३, सोमबार

काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दैछ । बैठकले सीसीएमसीको सिफारिसमाथि निर्णय लिने बताईको छ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह पाँच बजे मन्त्रिपरिषद बैठक बस्ने भएको हो आजको बैठक कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणमा बैठक केन्द्रित हुनेछ ।

आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो । यस्तै पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ । फाइल तस्बिर

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार