free website hit counter

लक्ष्मी सनराइज बैंकको साधारण सभा सम्पन्न

beemaadmin
२०८२ पुष १६, बुधबार

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २६ अर्ब ७८ करोड पुगेको छ । साधारण सभाले आर्थिक वर्ष २०८१–८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ । त्यस्तै गत आव २०८१–८२ मा ३७१ अर्ब निक्षेप र २८७ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ४४३ अर्ब रहेको छ । सो आ।व।मा बैंकले ४ अर्ब ६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

सम्बन्धित समाचार