free website hit counter

लगातार दोस्रो दिन पनि ओरालो लाग्यो सुन

beemaadmin
२०८० श्रावण ७, आईतवार

काठमाडौं । सुनचाँदीको भाउ लगातार दोश्रो दिन गिरावट भएको छ । साउन ७ गते, आइतबार सुन तोलामा ५०० रुपैयाँले सस्तिएको हो । यस दिन चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुनको भाउ ओरालो लागेको थियो । त्यस दिन सुन तोलामा ८०० रुपैयाँले सस्तिएर प्रतितोला एक लाख १२ हजार ८०० रुपैयाँमा झरेको थियो । आइतबार चाँदीको पनि मूल्यमा गिरावट देखिएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घट्दा प्रतितोला एक हजार ४६५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १५ रुपैयाँले ओरालो लाग्दा एक हजार ४८० रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार