free website hit counter

लघु जीवन बीमा सम्झौता सम्पन्न

beemaadmin
२०८१ असार ३१, सोमबार

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स र वेदान्त पब्लिकेसन प्रा. लि  बीच लघु जीवन बीमा सम्झौता सम्पन्न भएको छ ।  वेदान्त पब्लिकेसनका तर्फबाट प्रबन्ध निर्देशक जीवन श्रेष्ठज्यु  तथा लिवर्टी माइक्रोका तर्फबाट प्रमुख बजार अधिकृत अशोक कुँवरज्युले सम्झौता गरेका छन् । बीमा सम्झौतामा दुर्घटना उपचार खर्च बापत वार्षिक २० हजार प्रति व्यक्ति तथा मृत्यु भएमा बीमांक रकम बराबरको लाभ लिन सकिने छ । व्यवस्थापन समिति तथा सम्पूर्ण ३९ जना कर्मचारीहरुको लघु जीवन बीमा गर्दा ३ करोड २४ लाख बीस हजार बराबरको बीमा गरिएको छ ।

वेदान्त पब्लिकेसनमा कार्यरत सम्पूर्ण कर्मचारीहरु एकै परिवारका सदस्य भएको र सबैको वर्तमान र भविष्य प्रति उत्तरदायी रहि व्यवस्थापन समितिको निर्णय अनुसार सम्पूर्ण कर्मचारीहरुको सामुहिक तथा बचत योजना गरिएको जीवन श्रेष्ठज्युले बताउनु भयो । श्रेष्ठले बीमा गर्नु भनेको लगानी गर्नु हो, साथै जीवन बीमाले जीवन सहजीकरण, सुख दुखमा साथ दिने र मानव जीवनको अत्यावश्यक साथी भएको उल्लेख गरे ।

Advertisement
Advertisement

लिवर्टी माइक्रोका तर्फबाट अशोक कुँवरज्युले, मानिसको जीवनमा दुःख सु:ख सबैमा साथ दिने र परिवारलाई हुन सक्ने आर्थिक समस्यालाई राहत दिने काम बीमाले गर्ने भएकोले हरेक व्यवसायिक कार्यालय, संघ संस्था, स्थानीय सरकारले आ-आफ्नो सदस्य, ग्राहक तथा नागरिकहरुको सामुहिक लघु जीवन बीमा गर्न सकिने बताउनुभयो ।  थोरै बीमा शुल्कमा पनि धेरै जोखिम न्यूनीकरण गर्न सकिने भएकोले जीवन बीमा योजना मानव जीवनको एक निकै नै महत्वपूर्ण पाटो रहेको धारणा व्यक्त गर्नुभयो ।

Advertisement
Advertisement

लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले बीमा महत्व तथा सचेतना बढाउन देशै भरिका बिभिन्न ग्रामिण क्षेत्रहरुमा, विद्यालय, कलेज साथै सामाजिक संजाल मार्फतबाट पनि जनचेतना मुलक प्रश्न उत्तर, विडियो सामाग्री जस्ता कार्यक्रमहरु गर्दै आएका छन् ।

सम्बन्धित समाचार