free website hit counter

लय समाउँदै एभरेष्ट इन्स्योरेन्स, सबै सूचांकमा प्रगति

beemaadmin
२०७७ कार्तिक २८, शुक्रबार

काठमाडौं । नेपाली बीमा बजारमा उत्कृष्ट सेवा दिँदै आएको एभरेष्ट इन्स्योरेन्सले मुलुकको विषम परिस्थिति बीचमा पनि आफ्नो व्यवसायमा राम्रै प्रगति देखाएको छ । चालु आवको प्रथम त्रैमासिकमा मुनाफा ५१ प्रतिशतभन्दा बढिले बृद्धि गर्न सफल भएको छ । गत आर्थिक वर्षमा दुई करोड दुई लाख १४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले चालु आवको प्रथम त्रैमासमा तीन करोड पाँच लाख ४० हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनील्े बीमाको व्यवसाय विस्तार गर्न सफल भएको छ । गत आर्थिक वर्षमा ११ करोड ९२ लाख ९० हजार रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेकोमा चालु आवको प्रथम त्रैमासमा १२ करोड ११ लाख चार हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले समीक्षा अवधीमा व्यवस्थापन खर्च समेत घटेकोछ ।

Advertisement
Advertisement

गत आर्थिक वर्षको प्रथम त्रैमासमा कूल चार करोड ६२ हजार ९२ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा चार करोड २४ लाख ४६ हजार रुपैयाँ मात्रै खर्च गरेको छ । समीक्षा अवधीमा कम्पनीले करिब ४८ लाख रुपैयाँ व्यवस्थापन खर्च बचत गरेको छ । कम्पनीले कर्मचारीलाई ४८ लाख ४८ हजार रुपैयाँ बोनस समेत वितरण गरेको छ । अघिल्लो वर्ष ३२ लाख नौ हजार रुपैयाँ बोनस बाँडेकोमा यस वर्ष केही बृद्धि भएको छ ।

Advertisement
Advertisement

एभरेष्ट इन्स्योरेन्स कम्पनीले तीन महिनामा २६ करोड ९१ लाख १९ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधीको तुलनामा सामान्य बृद्धि हो । अघिल्लो वर्ष २५ करोड ७१ लाख ७९ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले चालु आवको तीन महिनामा बीमा पोलिसी नविकरणमा उल्लेख्य प्रगति गरेको छ ।

अघिल्लो आवमा जम्मा २४ वटा बीमा पोलिसी नविरकण गरेकोमा यस आवमा सात हजार ७६१ वटा बीमा पोलिसी नविकरण गरी कूल २५ हजार ८७१ वटा बीमा पोलिसी जारी गर्न सफल भएको छ । एक अर्ब नौ करोड ५९ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजि भएको एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमाससम्ममा २८ करोड ९८ लाख ४४ हजार जगेडा कोषमा संचिती गरेको छ भने बीमा कोषमा ३४ करोड २० लाख १४ हजार रुपैयाँ जम्म्मा गरेको छ ।

सम्बन्धित समाचार