free website hit counter

लुम्बिनी विकास बैंक र सेन्ट्रल डाइगनोष्टिक बीच सम्झौता

beemaadmin
२०७७ भाद्र २३, मंगलवार

काठमाडौं । लुम्बिनी विकास बैंकले सेन्ट्रल डाइगनोष्टिक ल्याबोरेटोरीसँग कोभिड परिक्षणमा छुट गर्नेबारे सम्झौता गरेको छ । सम्झौतामा बैंकका कर्मचारी एवम् निजका आश्रीत परिवार सदस्यहरु, डेबिट कार्ड बाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ता र ऋणीहरुलाई कोरोनाभाइरस ९कोभिड–१९० जाँचको लागी पीसीआर परिक्षण तथा सामान्य प्याथोलोजी परीक्षण सुविधाहरुमा १० देखी २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
उक्त सुविधा ल्याबोरेटोरीको कमलपोखरी काठमाडौ स्थित मुख्य कार्यालय तथा बिरगन्जमा अवस्थित शाखा कार्यालय नारायणि सेन्ट्रल ल्याबबाट समेत प्राप्त गर्न सकिने छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र ल्याबोरेटोरीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ता ले हस्ताक्षर गरे ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार