free website hit counter

वरिष्ठ पेटरोग विशेषज्ञ प्रा डा आइएल आचार्यको कोरोनाकै कारण निधन

beemaadmin
२०७८ जेष्ठ २, आईतवार

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट वरिष्ठ पेटरोग विशेषज्ञ ग्याष्ट्रोइन्टेरोलोजिष्ट एवं प्रा डा आइएल (ईश्वर लाल) आचार्यको निधन भएको छ । वैशाख १८ गते सानेपास्थित स्टार अस्पतालमा भर्ना हुनुभएका उहाँलाई कडा निमोनिया भएको थियो । स्वास्थ्य अवस्था सुधार हुँदै गएको र २९ गते कोरोना रिपोर्ट पनि नेगेटिभ आएकोमा उपचारकै क्रममा ८३ वर्षको उमेरमा आज विहान करिव ३ वजेतिर उहाँको निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा. शैल रुपाखेतीले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमणका कारण डा. आचार्यको फोक्सो ७५ प्रतिशत खराव भइसकेको अवस्थामा उपचार चलिरहेको थियो । ग्याष्ट्रोइन्टेरोलोजि क्षेत्रमा आचार्यलाई पिताकै रुपमा चिनिन्थ्यो, स्टार अस्पतालमा स्थापना गर्न लागेको जीआई सेन्टरको नेतृत्व पनि उहाँले नै गरिरहनुभएको थियो । रुपाखेतीले भन्नुभयो, नेपालको चिकित्सा क्षेत्रमा अपूरणिय क्षति पुगेको छ, उहाँको अभाव सधै रहीरहनेछ । डा. आचार्य कुनै बेला राजा महेन्द्रदेखि वीरेन्द्रसम्मको चिकित्सक हुनुहुन्थ्यो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार