free website hit counter

वार्षिकोत्सवका अवसरमा स्वास्थ्य परीक्षण र रक्तदान

beemaadmin
२०८२ जेष्ठ १८, आईतवार

काठमाडौं । नेको इन्स्योरेन्स स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको छ। देशको बीमा बजारमा आफ्नो सेवा सञ्चालनको सफलतापूर्वक २९ वर्ष पूरा गरी कम्पनी ३० औँ वर्षमा प्रवेश गरेको हो। कम्पनीले विगतका वर्षहरुदेखि नै आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर वृद्धि गर्दै बीमाशुल्क, दाबी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानीलगायतका सूचकांकमा उल्लेखनीय वृद्धि गर्दै आएको छ। कम्पनीले आफ्नो सेवा सञ्चालनको ३०औँ वर्ष प्रवेशका अवसरमा केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण र खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। यही उपलक्ष्यमा शाखा कार्यालयहरुमा बीमासम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सम्पन्न भएको छ। कम्पनीले व्यवसायको साथसाथै समाज सेवाका लागि विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरु पनि गर्दै आएको छ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार