free website hit counter

वित्तीय क्षेत्रमा भविष्य खोज्ने युवा लक्षित कार्यक्रम

beemaadmin
२०७६ कार्तिक २३, शनिबार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत आरबीबी इम्पावरमेन्ट एकेडेमी कार्यक्रम सुरु गरेको छ । बैंकले प्रदेश नम्बर ३ मा अनलाइन आवेदन मार्फत एक हजार सात सय सात युवाहरुमध्येबाट छनौट भएका ३० जना युवाहरुलाई ३ दिने तालिम प्रदान गर्ने उद्देश्यले शुक्रबारबाट शुभारम्भ गरेको छ ।

वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्वारा निःशुल्क रुपमा दिइने यस तालिममा बैंकिङ्ग, टेक्निकल तथा परिक्षा तयारी सम्बन्धि तालिम दरबारमार्गमा प्रदान गरिनेछ । तीन दिनको तालिम पश्चात बैकले ३० जना सहभागीहरुलाई तीन महिनाको पेड इन्टर्नको रुपमा लिने छ । यो कार्यक्रम बैंकले अन्य प्रदेशमा पनि संचालन गर्ने छ ।

कार्यक्रमको शुभारम्भ गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले फाईनान्सियल ट्रेनिङ सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्गले बैंकिङ्ग क्षेत्रमा भएका नयाँ उपलब्धिबारे सिक्ने बुझ्ने अवसर प्राप्त गर्ने बताए । उनले वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवाहरुले यसबाट भरपुर लाभ लिन सक्ने बताएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार