free website hit counter

विदेशी भूमिमै गयाे १२५ नेपालीको ज्यान

beemaadmin
२०७७ जेष्ठ २५, आईतवार

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोनाले विश्वभर ४ लाख मानिसको ज्यान लगिसकेको छ । त्यसमा नेपाली पनि परेका छन् । कोरोना भाइरस संक्रमणका कारण हालसम्म विदेशमा १२५ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । तर नेपालीहरुको मृत्यु र संक्रमणको दरमा भने उल्लेख्य रुपमा कमी आएको एनआरएनएको भनाइ छ ।
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएका छन । उनका अनुसार संक्रमण दर गतसाता भन्दा ७५ प्रतिशतले कमी हो । सो साता कतारमा ४ जना, कुवेतमा १ जना, युकेमा १ जना गरि ६ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् । समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका छन ।
१३ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्र्की, नेदरल्याण्ड, र स्वीडेनमा रहेका नेपालीको मृत्यु भएको छ । संयोजक डा. सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार ४ सय ५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नेपालमा १३ जनाको मृत्यु भएको छ । नेपाल र विदेशमा गरी कूल मृतकको संख्या १३८ रहेको छ ।

सम्बन्धित समाचार