free website hit counter

विद्याको पक्षमा बहुमत सचिवालय सदस्य

beemaadmin
२०८२ आश्विन २५, शनिबार

काठमाडौं । एमालेभित्र सक्रिय राजनीति गर्ने विद्या भण्डारीको बाटो पार्टीले बन्द गरे पनि परिस्थितिले त्यो तँगारो हटाउने संकेत देखिएको छ । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामाका लागि आवाज उठेको छ। शुक्रबार भक्तपुरस्थित ओली निवासमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओलीसहित पहिलो पुस्ताका नेताले बिदा लिनुपर्ने लिखित प्रस्ताव राखेकी हुन्। यस्तै लिखित प्रस्ताव राखेका उपाध्यक्ष युवराज ज्ञवालीले पनि पार्टी पुनर्गठनको कुरा उठाउँदै अध्यक्ष ओलीलाई पद त्याग गर्न सुझाव दिए। उपाध्यक्ष ज्ञवालीले पार्टी पुनर्गठनको आवश्यकता झन् बढ्दै गएको भन्दै अध्यक्षले पदत्याग गर्नुपर्ने बताए। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू शाक्य, ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र गुरु बरालले धारणा राखेका थिए। उपाध्यक्षहरूमध्ये बराल मात्र ओलीको पक्षमा खुले। यस्तै, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली पनि ओलीले तत्काल राजनीनामा दिन नहुने पक्षमा उभिएका थिए। आगामी असोज २९ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न शुक्रबार सचिवालय बैठक बोलाइएको हो। भण्डारीको सदस्यता रोकिएकै कारण ईश्वर पोखरेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे एकातिर थिए। अब सचिवलायमा ओली अल्पमतमा परेका छन्। असार १४ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा भण्डारीले आफूले एमालेको सदस्यता नवीकरण गरेको बताएपछि उनलाई रोक्न ओलीले अनेक चाल चलेका थिए। त्यही विषयले एमालेका नेताहरू विभाजित भइरहेका थिए। भण्डारीले समानान्तर गतिविधि गरिरहेकी थिइन्।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार