free website hit counter

विभिन्न क्षेत्रमा बीमा कम्पनीहरुको ७ खर्ब लगानी

beemaadmin
२०८१ श्रावण २६, शनिबार

काठमाण्डौ । नियामक निकायले तोके अनुसार बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा साढे ७ खर्ब रुपैयाँ लगानी गरेका छन् । १४ जीवन बीमा र १४ निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म विभिन्न क्षेत्रमा ७ खर्ब ४८ अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन् । जसमा जीवन बीमा कम्पनीहरुको मात्रै क्षेत्रगत लगानी ६ खर्ब ८२ अर्ब २९ करोड रुपैयाँ रहेको छ भने निर्जीवन बीमकहरुले क्षेत्रगत लगानी ६६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणले बीमकहरुको लगानी विविधिकरणमा जोड दिएपनि बीमा कम्पनीहरु मुद्दती निक्षेपमा लगानी गर्न बढी केन्द्रीत देखिन्छन् । बीमा कम्पनीहरुले कुल लगानीको ७६=१२ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाको निक्षेपमा मात्रै लगानी गरेको छ । बीमा कम्पनीहरुले लगानी विविधिकरणमा जोड दिने बताएपनि लगानी जोखिम नहुने आशयले करिब ८० प्रतिशत रकम बैंकहरुमा निक्षेप राखेका छन् । पछिल्लो समय केही कम्पनीहरुले शिक्षा तथा स्वास्थ्य र हवाई जस्ता क्षेत्रमा लगानी गरेपनि ठूलो रकम बैंकहरुमा मुद्दतीमै निक्षेपको रुपमा संकलित छन् । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले नेपाल सरकारको बचतपत्र वा ऋणपत्र, अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्र, सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेञ्चर र ऋणपत्रमा २० प्रतिशतका दरले लगानी गर्न पाउछन् । साथै, राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख वर्गको बैंक तथा वित्तीय संस्थामा चुक्तापुँजीको १० प्रतिशत र ‘ग’ वर्गको वित्तीय संस्थामा ५ प्रतिशत रकम मुद्दती निक्षेपमा लगानी गर्न पाउछन् । यसबाहेक सेयरबजार अर्थात् सूचीकृत कम्पनीको सेयरमा १० प्रतिशत, कृषि उत्पादन तथा वितरण, पर्यटन उद्योग, हाइड्रोपावर, सौर्य उर्जा, केबलकार, सडक विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा १० प्रतिशत, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा ५ प्रतिशत र म्युचुअल फण्डमा ५ प्रतिशत रकम लगानी गर्न पाउने प्रावधान रहेको छ । प्राधिकरणले बीमकको लगानी निर्देशिका बमोजिम विभिन्न क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था गरिदिएपनि बीमा कम्पनीहरु मुद्दती निक्षेपमा मात्रै लगानी गर्न होम्मिएका छन् । मुद्दती निक्षेपमा लगानी गर्दा केही प्रतिशत भएपनि ब्याज आउने र अन्य क्षेत्रमा गरेको लगानी जस्तो जोखिम नहुने हुँदा बढी मुद्दतीमै रकम राख्ने गरेको बीमा कम्पनीका अधिकारीहरु बताउँछन् । बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा बैंकहरुको मुद्दती निक्षेपमा मात्रै ५ खर्ब ७४ अर्ब ७ करोड रुपैयाँ लगानी गरेको छ । यो कुल लगानीको झण्डै ८० प्रतिशत रकम हो । त्यस्तै, अग्राधिकार सेयर, बण्ड र डिबेञ्चरमा ५५ अबै ९८ करोड, अन्य क्षेत्रको लगानीमा ४४ अर्ब ९४ करोड, सूचीकृत पब्लिक कम्पनीको बण्ड र डिबेञ्चरमा १९ अर्ब ८६ करोड, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा २२ अर्ब ९८ करोड, म्युचुअ लपण्ड र नागरिक लगानी कोषमा ३ अर्ब २३ करोड, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, उर्जा र जलस्रोत क्षेत्रहरुमा ९ अर्ब ५८ करोड, सूचीकृत नभएको अन्य पब्लिक लिमिटेड कम्पनीको सेयरमा १ अर्ब १० करोड र सरकारी बचतपत्र र ऋणपत्रमा ३ अर्ब ३१ करोड रुपैयाँ लगानी गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार