free website hit counter

विभोर झा हिमालयन लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

beemaadmin
२०८३ श्रावण १२, मंगलवार

काठमाडौं। बैंकिङ क्षेत्रमा डेढ दशकभन्दा बढी अनुभव हासिल गरेका इन्जिनियर विभोर झा हिमालयन लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समिति बैठकले झालाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

झाले बैंकिङ क्षेत्रमा प्रमुख वित्तीय अधिकृत (सीएफओ), ट्रेजरी फ्रन्ट प्रमुख तथा प्रमुख निर्देशित ऋण अधिकृतलगायत विभिन्न नेतृत्वदायी जिम्मेवारी सम्हाल्दै लामो अनुभव हासिल गरेका छन्। उनी हाल सानिमा क्यापिटलको सञ्चालक समिति सदस्यसमेत रहेका छन्।

उनले वित्तीय व्यवस्थापन विषयमा स्नातकोत्तर तथा इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तहको अध्ययन पूरा गरेका छन्। हिमालयन लाइफमा आबद्ध हुनुअघि उनी सानिमा बैंकमा १२ वर्षभन्दा बढी समय कार्यरत थिए। त्यहाँ उनले पछिल्लो समय प्रमुख निर्देशित ऋण अधिकृतको जिम्मेवारी सम्हालेका थिए। सानिमा बैंकअघि उनी नबिल बैंकमा पाँच वर्षभन्दा बढी समय कार्यरत थिए।

सम्बन्धित समाचार