free website hit counter

विवाह गरेका श्रीमान पनि महिला नै परेपछि…

beemaadmin
२०७९ असार ८, बुधबार

एजेन्सी। बिहे गरेको केही महिनापछि एउटी महिलाले श्रीमानको बारेमा निकै आश्चर्यजनक कुरा थाहा पाइन् । वास्तवमा, जससँग महिलाले विवाह गरेकी थिइन्, उनी महिला नै थिइन् । त्यसपछि पीडित महिलाले प्रहरीमा उजुरी गरेपछि मुद्दा अदालत पुग्यो । ‘डेली स्टार’को रिपोर्टका अनुसार यो घटना इन्डोनेसियाको हो, जहाँ गत हप्ता एक महिलाले अदालतमा भनिन् कि आफूले पुरुष सोचेर बिहे गरेको १० महिनामा श्रीमान महिला भएको थाहा पाएकी थिइन् । वास्तवमा आरोपित महिलाले आफ्नो परिचय लुकाएर विवाह गरेकी थिइन् । हाल मुद्दा दायर गर्ने महिलाको परिचय खुल्न नसकेको तर आरोपित महिलाको नाम इरयानी रहेको बताइएको छ ।
रिपोर्टका अनुसार महिला र इरायनीको भेट मे २०२१ मा डेटिङ एप मार्फत भएको थियो । महिलाले आफ्नो सामाजिक सञ्जाल प्रोफाइल र कुराकानीबाट इरयानी पुरुषजस्तै देखिने बताइन् । इरयानीले महिलालाई आफू सर्जनसहित व्यवसायी समेत भएको बताइन्। उनले हालै धर्म परिवर्तन गरेको र श्रीमती खोजिरहेको बताएका थिए । करिब तीन महिनाको कुराकानीपछि युवतीले इरयानीसँग विवाह गरिन् । विवाहपछि इरयानी महिलाको घरमा बस्न थालेकी थिइन् । तर विवाहको केही महिनापछि इरयानीले पीडित महिलासँग पैसा माग्ने र आफ्नो जागिररव्यवसायको कुरा लुकाईरहेकाले महिलाका अभिभावकलाई केही गडबड भएको शंका लाग्न थाल्यो ।
यस्तो अवस्थामा पारिवारिक प्रश्नबाट बच्न उनले महिलालाई अर्को सहर दक्षिण सुमात्रा लगिन् र त्यहाँ भाडाको घरमा बस्न थाले । त्यहाँ उनले महिलालाई कैयौं महिनासम्म घरमै थुनेर कसैसँग बोल्न प्रतिबन्ध लगाए । यहाँ धेरै दिनसम्म छोरीसँग कुरा नगरेपछि महिलाका परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले छिट्टै इरयानीलाई ट्रेस गर्यो र सोधपुछमा बाहिर आएको कुराले सबैलाई चकित बनाएको थियो । वास्तवमा इरयानी, जसलाई पुरुष ठानिएको थियो उनी वास्तवमा महिला नै थिइन् । उनले धोका दिएर एक महिलासँग विवाह गरेकी थिइन् । विवाहको १० महिनामा उनले पीडितसँग ३०० मिलियन रूपिहा ९१५ लाख रुपैयाँभन्दा बढी० रकम लिएकी थिइन् । त्यसपछि पीडितले इरयानीविरुद्ध मुद्दा दर्ता गरेपछि मुद्दा अदालत पुग्यो । हाल इरानीविरुद्ध मुद्दा चलिरहेको छ र दोषी प्रमाणित भए १० वर्ष जेल सजाय हुन सक्छ ।
यस घटनाबारे पीडित युवती भन्छिन्, ‘विवाह गरेको धेरै दिन बितिसक्दा पनि इरानीले छोइनन् । उसले सधैं बहाना बनाएर टाढिन खोज्थिन् । पछि, रोमान्सको समयमा, उनी सधैं बत्तीहरू बन्द गर्थिन् । र, यौनसम्पर्कका बेला श्रीमतीको आँखामा पट्टी बाँधिदिन्थिन् ।’ इरयानीले शारीरिक सम्बन्धका क्रममा आफ्नो औंला प्रयोग गर्ने गरेको बताएकी छिन् तर पीडितले भने उनले कुनै यौन खेलौना प्रयोग गरेको हुन सक्ने आशंका गरेकी छिन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार